


कैलाली- कैलाली र कञ्चनपुरका विभिन्न चार स्थानबाट प्रहरीले एक लाख १० हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान वरामद गरेको छ । शनिबार वरामद ती सामान वेवारिसे रहेका प्रहरीको भनाई छ ।



कैलालीको टीकापुर नगरपालिका–७ सोनाफाँटाबाट अन्दाजी २१ हजार रुपैयाँ बराबरको सुर्ती, बिडी, लेडिज सुटलगायतका सामान तथा टीकापुरकै १ नम्बर वडाको लम्कीपुल नजिकबाट ९ हजार रुपैयाँ बराबरको चिनी प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।


त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–१ बैजुडाँडाबाट अन्दाजी ६० हजार रुपैयाँ बराबरको चिनी, चना, बिडी, खानेतेल र सोही वडाको फटैयाबाट १२ हजार रुपैयाँ बराबरको ब्रोईलर कुखुरा, पेय पदार्थ (डिउ)लगायतका सामान फेला पारेको प्रहरीले जनाएको छ ।





