सेती अस्पताल प्रयोगशाला परीक्षणमा २१ जनामा कोरोना पुष्टि

धनगढी, ८ असार- धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रयोगशालामा ६२ नमूना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

Dadeldhura hospital

उनका अनुसार धनगढीका ४ र कैलाली जिल्लाका अन्य ठाउँका १७ जनामा संक्रमण पुष्टि भएको हो । हाल अस्पतालमा २१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

जसमध्ये २ जना भेन्टिलेटर ८ जना आइसियूमा, ९ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ४ जनाको अवस्था सामान्य रहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा २ जना निको भई घर फर्किएका छन् भने ६ जना अस्पताल भर्ना भएका सूचना अधिकारी श्रेष्ठले बताए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।

Loading...