सीमा समस्या समाधानका लागि परराष्ट्रमन्त्रीलाई मागपत्र

कञ्चनपुर- कञ्चनपुर जिल्लाको सीमा समस्या सामाधानका लागि अन्तरराष्ट्रिय सीमा सरोकार समूहले आज उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवी महासेठलाई मागपत्र बुझाएको छ ।

मन्त्री महासेठलाई उहाँकै कार्यकक्षमा सीमा सरोकार समूहका पदाधिकारीले मागपत्र बुझाउँदै जिल्लाको सीमा समस्याको मुख्य कारकका रुपमा रहेको स्ट्रीप नक्शालाई नयाँ मुलुक नेपालमा गाभिएपछिको अंग्रेजका पालाको नक्शानुसार छानबिन गरी समस्या हल गर्नका लागि आग्रह गरिएका समूहका संयोजक पल्लवराज भट्टले बताउनु भयो।

Navadurga sun

“सीमाविन्दु यकिन गरी समस्याको दीर्घकालीन रुपमा समाधान गर्नका लागि माग गरेका छौंँ”, उहाँले भन्नुभयो, “गृह मन्त्रालयका प्रतिनिधि राखेर मागपत्र बुझ्दै उपप्रधानमन्त्री महासेठले नापी विभागलगायत सरोकार निकायसँग समन्वय गरी दश दिनभित्र भारतीय पक्षसँग कूटनीतिक तरवरबाट छलफल गरेर समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभएको छ ।”

भारतीय पक्षले बेलौरी नगरपालिका– ८ पचुँइ क्षेत्रमा एक हजार ३०० मिटर हुलाकी सडकखण्ड, भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा निर्माणाधीन कल्भर्ट र दोधारा चाँदनी नगरपालिकाका विभिन्न स्थानका सीमा क्षेत्रका नेपाली किसानलाई भोगचलनमा रहेको जग्गामा खेती गर्न पटकपटक अवरोध गर्दै आएकोसमेत मागपत्रमा उल्लेख छ ।

समूहले आजै सीमा समस्याका बारेमा नापी विभाग प्रमुख प्रकाश जोशी, नापी विभागका सीमा हेर्ने शाखाका प्रमुख दयानन्द जोशी, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव जनकराज जोशीलगायतसँंग अनौपचारिक रुपमा छलफल गरिएको संयोजक भट्टले जानकारी गराउनुभयो । उहाँहरुसँग सीमा समस्याका बारेमा मङ्गलबार औपचारिक रुपमा छलफल गरिने भएको बताइएको छ । (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...