डडेल्धुरामा मृत भेटिएकी अस्मिता धामीको मंगलबार अन्त्येष्टि, डीएनए पनि परीक्षण गरिने

डडेल्धुरा, ८ असार- जिल्लाको परशुराम नगरपालिका वडा नं. ८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको शब आफन्तले बुझी अन्त्येष्टि गरिएको छ । अस्मिताको मंगलबार महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

धामीका परिवारलाई परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले अस्मिताको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउने लगायतका विषयमा प्रतिबद्धता जनाएपछि उनको परिवारले शव बुझ्न सहमत भएको हो । सोमबार ५ बुँदे माग राख्दै नगरपालिका घेराउ गरेका पीडित पक्षसँग भएको छलफलका आधारमा नगर प्रमुखले हत्यामा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति गरेपछि शव बुझ्न पीडित परिवार तयार भएको हो । पीडित परिवारलाई क्षतिपूर्ति दिने र अस्मिताको ठाउँमा परिवारको अर्को सदस्यलाई रोजगारी दिने सहमति नगर प्रमुख साउदले बताए ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार जोगबुढा अस्पतालका चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको समेत बताए । प्रहरी स्रोतका अनुसार उनको मोबाइल समेत फेला परेको छ ।

आफन्तले शव बुझेपछि मंगलबार उनको उन्तेष्टि गरिएको हो । धामीको हत्या गरिएको स्थानीयको दाबी छ । घटनाको अनुसन्धानका लागि प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...