अस्मिता धामी मृत्यु घटनाको छानबिन गर्न सांसदहरुको माग

अत्तरिया, ७ असार- सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा सांसदहरुले तीन दिनअघि डडेलधुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया स्वास्थ्यकर्मी अस्मिता धामी मृत्युको घटना तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
परशुराम नगरपालिका अन्तर्गत ८ नम्बर वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यालय सहयोगी पदमा कार्यरत रहेकी धामी असार २ गते कोरोना विरुद्धको खोप नगरपालिकाको स्वास्थ्य शाखामा ल्याउने क्रममा बेपत्ता भएकी थिइन् । ‘असार ५ गते हट्टवानी सामुदायिक वनमा मृत फेला परेकी हुन्,’ स्वास्थ्य शाखा प्रमुख तेज सिंहले भने, ‘५ गते उनको शव भेटिएको हो ।’

उनी सम्पर्कविहीन भएपछि परिवारले खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएको थियो । इलाका प्रहरी कार्यालय जोगबुढा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट धामीको खोजीमा खटिएको प्रहरी टोलीले उनको शव जंगलमा फेला पारेको थियो ।

Navadurga sun

प्रदेशसभामा बोल्दै डडेलधुराबाट प्रतिनिधित्त्व गर्ने सांसद कुन्ती जोशी, पठानसिंह बोहराले उनको मृत्युको कारणबारे यथाशिघ्र छानबिन गर्न प्रदेश सरकारसमक्ष माग गरेका हुन् । सांसदहरु भरतबहादुर खड्का, गोविन्द बोहरा, प्रेमप्रकाश भट्टले पनि मृत्यको कारणबारे तथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...