अत्तरियाबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढी- कैलालीको अत्तरियाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। अत्तरिया बसपार्कबाट डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बेडपानीका एक जना लागुऔषधसहित पक्राउ परेका हुन्।

हाल गोदावरी नगरपालिका–२ तेघरीमा भाडामा बस्दै आएका २९ वर्षीय निराजन बिष्ट लागुऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Navadurga sun

बुधबार दुई ग्राम ५८६ मिलिग्राम लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका बिष्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...