राउटेको फेरियो शैली, फेरिएन जीवनस्तर

बाजुरा- बिर्खे मुखिया (राउटे) का ज्वाइँ–जेठानलाई प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले गत आफ्नै निवासमा स्वागत गरेका छन् । उनले बिर्खे कल्याल शाही र किस्ने रास्कोटीलाई खादा र नेपाली टोपी लगाएर स्वागत गरेका हुन् ।

Ganyapdhura gau

लोपोन्मुख जातिको सूचीमा रहेको राउटेको संरक्षण र सम्मानस्वरूप स्वागत गरेको प्रजिअ खड्काको भनाइ छ । स्वागतसँगै उनीहरूलाई नगद २० हजार रुपियाँ र दुुई सेट कम्मल राहतस्वरूप उनले प्रदान गरे ।

Navadurga sun
Godawari sandesh

‘खड्काबाट प्राप्त रकमसहित बाजुराका पालिकाबाट संकलन गरेको रकम लगेर बुुबालाई दिन्छौं । उनले नै ४६ घरका २ सय ४४ जनालाई यो रकम बाँढ्नु हुन्छ’, बिर्खेको भनाइ छ– ‘चन्दा संकलन राम्रो भए यो वर्ष दशैंमा मासुुभात खुवाउने योजना छ ।’

बाजुरा आउँदा कष्टकर यात्रा भएको स्मरण सुनाउँदै उनले भने– ‘पाँच वर्षअघि पनि यहाँ यस्तै बाटो थियो, अहिले पनि उस्तै रहेछ ।’ पहिले पैसा समाते पाप लाग्छ भन्ने राउटे अहिले भने जिन्सीभन्दा नगद नै बुझ्न रुचाउँछन् । ‘कोशी, ओखल, मुदुसलगायतका काठका सामग्री बनाएर अरूलार्ई दिन्थ्यौं र अन्न लिन्थ्यौं ।

अहिले दाल, चामल, तेल, जिरा सरकारले दिन्छ । हामीले काम गर्नु क्या प¥यो त १’, किस्ने रास्कोटीको भने– ‘कहिलेकाहीँ गुना बाँदरको शिकार गरिन्छ । त्योबाहेक अरू केही गरिन्न । सरकारले सबै कुरा सित्तैमा दिएकाले सीप हरायो ।’

Dadeldhura hospital

राउटेले नागरिकता कहिलै नलिने र भोट पनि नहाल्ने बिर्खे बताए । नागरिकता लिए गुना बाँदर मार्न नहुने मान्यता राउटेको छ । नागरिकता लिए दुनियाँ ९नागरिक० भइने भएकाले उहाँको बुझाइ छ । राउटे आफूलाई जंगलको राजा भन्ने गर्दछन् ।

विवाहका सम्बन्धमा मागी बिहे गर्ने प्रचलन छ, राउटेमा । आफ्नो वंशसँग विवाह गर्दैनन् । ‘कल्याल ठकुरीले रास्कोटी ठकुरीसँग बिहे गर्छन् । माग्न जाँदा एक लोटा जाँडको झोल र मासु लिएर जाने चलन छ । बिहेमा आफ्नो समुदायका सबैलाई मासुभातसहितको भोज खुवाउने चलन छ ।’ –बिर्खेले भने।

अहिले उनीहरू दैलेख जिल्लाको नाविस्थान र श्रीस्थानमा बसेका छन् । राउटेलाई हेर्नका लागि दुुई जना डाक्टर र एक जना शिक्षक सरकारले व्यवस्था गरिएको छ । डाक्टरले दैनिक स्वास्थ्य चेक गर्छन् भने शिक्षकले पढाउने गरेका छन् ।

बिर्खे राउटे समुदायका पछिल्लो पुस्ताका हुन् । मान्छे नमरुन्जेल एकै ठाउँमा बस्छन् । कोही मरेमा त्यहीँ गाडेर अन्यत्र जाने गरेका छन् ।

महिला स्वतन्त्रतामा भने राउटे समुदाय त्यति उदार छैन । पछिल्लो समय सम्झना र गाजलीमाथि भएको दुव्र्यवहारले अहिले महिलालाई फिटिक्कै बाहिर निस्कन दिँदैनन् । सीप हराए पनि राउटेको संस्कार पुरानै छ । माग्ने शैली भने फेरिएको छ । शारीरक सरसफाइमा सुदृढ छन् ।

राज्यबाट पाउनुपर्ने न्यूनतम सेवा–सुविधा पाइरहेका छन् । विगतमा भन्दा राउटे समुदायको जनसंख्या पनि दिन प्रतिदिन घट्दो क्रममा छ । राउटेको जीवनशैलीमा फरकपन देखिए पनि जीवनस्तरमा भने फरक देखिँदैन ।

Loading...