सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना परीक्षणमा थप १४ जनामा संक्रमण पुष्टि




अत्तरिया, ५ असार- सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप १४ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १४९ नमूनाको कोरोना परिक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।



अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ३ जना कोरोना जितेर घर फर्किएका छन । यसैबीच पछिल्लो २४ घण्टामा अस्पतालमा ११ जनाँ आईसियुमा छन भने २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन ।






