कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएका छन् । जिल्लाको भिमदत्त नगरपालिका–४ र ६ सुकासालबाट शनिवार अवैध रूपमा भन्सार छली ल्याएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Dadeldhura hospital

प्रहरीले दुई लाख २८ हजार ६१० मूल्य बराबरका कम्मरमा लगाउने कपडाको बेल्ट, लेडिजका कपडा, दाल, तेल, अचार, काजु लगायतका खाद्यवस्तु तथा कपडा फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun
Godawari sandesh

ती कपडा तथा खाद्य सामाग्री फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारबाहीको भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Loading...