क्लबले जनस्तरबाट संकलन गरेको रकमबाट अक्सिजन कन्सन्ट्रेटर खरिद

धनगढी, ३ असार- रोटरी क्लब अफ धनगढीले जनस्तरबाट संकलन गरेको रकमबाट अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निणर्य गरेको थियो ।

Ganyapdhura gau
Dadeldhura hospital

जसअनुसार खदिर गरिएका २५ थान कन्सन्ट्रेटर कैलालीमा वितरण गर्ने लक्ष्य लिएको छ । बिहीबार सेती प्रादेशिक प्रादेशिक अस्पताललाई १० थान कन्सन्ट्रेटर हस्तान्तरण गरेको रोटरी क्लव धनगढीले जनाएको छ । रोटरी क्लव अफ धनगढीका अध्यक्ष तोयराज भट्ट, संस्थापक अध्यक्ष प्रकाश चन्द्र भट्ट, पूर्व अध्यक्ष डा. गणेशबहादुर सिंह, निवर्तमान अध्यक्ष हरीशंकर ठाकुर लगायतले सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. हेमराज पाण्डेयलाई कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

आजै टीकापुर अस्पताललाई ५ थान, सैनिक फिल्ड अस्पताललाई ५ थान, मालाखेती अस्पताललाई २ थान, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, भजनी प्राथमिक स्वास्थ्य केन्द्र, लम्कीचुहा अस्पताललाई २/२ थान कन्सन्ट्रेटर हस्तान्तरण गरिने क्लवका संस्थापक अध्यक्ष प्रकाश चन्द्र भट्टले बताए ।

Couple
Loading...