त्रिनगर भन्सार क्षेत्रमा रहेको होल्डिङ सेन्टरको निरिक्षण





धनगढी, ३ असार- सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले त्रिनगर भन्सार क्षेत्रमा रहेको होल्डिङ सेन्टरको निरिक्षण गरेका छन् ।



भारतबाट आउने र जानेहरुका लागि सहजता ल्याउन बनाइएको सो होल्डिङ सेन्टर अझ व्यवस्थित तथा प्रभावकारी बनाउन मन्त्रीद्धयले पहल गर्ने बताएका हुन् । कोरोना महामारी शुरु भएपछि सो सेन्टर बनाइएको थियो ।


होल्डिङ सेन्टरमा माटो भर्ने लगायतका काम गरेर अझ व्यवस्थित बनाउन तत्काल शुरु भएको मन्त्री खड्का स्वकीय सचिव भुवन वडुवालले बताए । सो अवसरमा सीमामा रहेका नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई काम गर्न सजिलो बनाउन दुई वटा गाडी थप दिने पनि जानकारी गराइएको थियो ।



