पूर्वतयारी गर्न प्रदेश सरकारलाई निर्देशन





धनगढी, ३ असार- सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले बाढी, पहिरोबाट धनजन जोगाउनका लागि आवश्यक पूर्वतयारी गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति नेपालू चौधरीको अध्यक्षतामा आज बसेको बैठकले सो निणर्य गरेको हो ।


सो समितिका सदस्य तारा लामा तामाङका अनुसार समितिले भोली कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको खन्या खोला लगायतका क्षेत्रको अनुगमन गर्ने जनाएको छ ।



