सेती अस्पतालमा गरिएको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि





अत्तरिया, ३ आसर- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ११३ जनाको नमुना परिक्षण गरिएको थियो । जसमा १०० जनाको स्वाब रिपोर्ट निगेटिभ आएको छ ।


आज थप ९ जना अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन् । जसमध्य ११ जनाको आईसीयूमा र १ जना को भेन्टीलेटरमा उपचाररत रहेको रहेको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।



