आज बितेको २४ घण्टामा देशभर २ हजार ६०७ जना व्यक्ति कोरोना संक्रमित थपिए




काठमाण्डौं, ३ असार- आज बितेको २४ घण्टामा देशभर २ हजार ६०७ जना व्यक्ति कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ६०४ जनामा कोराना पुष्टि भएको हो ।



मन्त्रालयका अनुसार ७ हजार ७७१ जनाको पिसिआर र ४ हजार ७७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआर मार्फत १ हजार ७६८ जना र एन्टीजेटमार्फत ३९ जना संक्रमित पुष्टि भएका हुन् ।


पछिल्लो २४ घण्टामा देशभर ३९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ५९७ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा देशभर २ हजार १४१ जना संक्रमित निको भएका छन् ।
नेपाल संक्रमित निको हुने दर ८ दशमलब ६ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४५ हजार ६६२ जना संक्रमित निको भइसकेका छन् ।



