चौमालाका युवा खेलाडीहरुलाई खेलकुद र स्वास्थ्य समाग्री सहयोग

अत्तरिया, ३ असार- कैलालीको गौरीगंगा नगरपालिका अन्र्तगत चौमालाका युवा खेलाडीहरुलाई खेलकुदका लगायत स्वास्थ्य समाग्रीहरु सहयोग गरिएको छ । नेपाली काग्रेसका प्रभावशाली युवा नेता क्षितज भण्डारीको प्रमुख अथित्यतामा यू.एन.डीको तर्फवाट त्यहाँ रहेका युवा खेलाडीहरुको उत्साह बढाउन खेलकुदका साथै स्वास्थ्य समाग्रीहरु सहयोग गरिएको हो ।

Navadurga sun

चौमालामा रहेको मोहन्यला मन्दिरमा यू.एन.डीका अध्यक्ष योगेश भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा युवा नेता भण्डारीले खेलाडीहरुलाई फुटलब, मास्क र सेनेटाईजर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काग्रेसका प्रभावशाली युवा नेता क्षितज भण्डारीले अहिले तिनै तहको सरकारले खेलकुद क्षेत्रलाई कुनै वास्ता नगरेको बताए । उनले खेलाडीहरु देशको गहना भएकाले यसका लागि संघ, प्रदेश र स्थानिय गरी तिनै तहका सरकारले खेलकुद क्षेत्रमा बढी भन्दा बढी बजेट छुट्याएर उनीहरुलाई प्रोत्साहान गर्नुृपर्ने बताए।

युवा नेता भण्डारीले क्रिकेट, फुटबल र भलिबलमा राष्ट्रिय स्तरमै यहाँका खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा देशको गरिमा बढाउन सफल भएकाले राज्यले अरु भन्दा पनि खेलकुदलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए । हामी रोनाल्डो, मेसी, धोनी भन्छौ उनीहरुलाई सबै भन्दा पहिला उनको देशको साथ सहयोग छ र उनीहरुले आफ्नो देशको नाम अन्तराष्ट्रिय स्तरमा अग्रपङ्तीमा राख्न सफल भएका छन् उनले भने हाम्रो देशका उदाउदा खेलाडीहरु सानो सानो कुरामा पछाडी परिरहेका छन् तर पनि हाम्रो सरकारले उनीहरुलाई सानो सहयोग गर्न सक्दैन अनि कसरी उनीहरुले खेल खेल्छन र कसरी हाम्रो देशको नाम राख्छन् ।

खेलकुलका लागि आवश्यक बजेट बिनियोजन गरि सातैवटै प्रदेशमा र हरेक स्थानिय तहहरुमा एउटा सुबिधा सम्पन्न खेल मैदान बनाउनुपर्नेमा उनको जोड थियो । धनगढीका सफल ब्यबसायी समेत रहेका समाजसेवी भवानी सिंह भण्डारीले युवाहरुलाई उद्यमशिल बनाउनका लागि बेला बेलामा प्रशिक्षण दिएर अहिलेको बढ्दो बेरोजगारी हटाउनुपर्ने बताए । उनले यसका लागि कुनै एक ब्यक्ति र संस्थावाट मात्र सम्भव नरहेकाले सबैले एकबद्ध भएर सहयोग गर्नु पर्ने बताए ।

कार्यक्रममा सहभागी काग्रेसका युवा नेता चित्रराज भट्टले खेलकुद क्षेत्रमा धेरै सम्भावना बोकेका खेलाडीहरु हाम्रै गाउँठाउँमा रहेपनि उनीहरुलाई सही सदुपयोग गर्न नसकिएको बताएका छन् । उनले खेलाडीको संरक्षण र उनीहरुको हौसाला बढाउनका लागि सरकारले केही गर्न नसकेपनि यू.एन.डीका अध्यक्ष योगेश भण्डारी र युवा नेता क्षितिज भण्डारीले गरेको कामको प्रशंसा गरे ।

त्यसैगरी कार्यक्रममा सहभागी काग्रेसका नेता तथा मालाखेती अस्पतालका पूर्व अध्यक्ष भरत खड्काले खेलकुदका लागि प्रदेश र स्थानिय सरकारले केही गर्न नसकेको भन्दै दुख ब्यक्त गरे । उनले आगामी बर्षको बजेटमा सुदूरपश्चिम सरकारले खेलकुद क्षेत्रको विकासका लागि बजेट नछुट्याएर खेलाडीहरुको अपहेलाना गरेको बताए । यसका लागि सबै खेलाडीहरुले एकजुट भएर आवाज उठाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा कोरोना महामारीका बेला निरन्तर खटिएका पत्रकार सहित समाजसेवी र केही खेलाडीहरुलाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो । सम्मानित हुने पत्रकारहरुमा गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्ट, प्रवक्ता प्रेम बिष्ट र सह सचिब प्रकाश बोहरा रहेका छन् भने धनगढीमा रहेको समैजी स्टोरका संचालक भवानी सिंह भण्डारी, काग्रेसका नेता भरत खड्का, नेविसंघका नेता देवराज ओझा, राज भट्ट, गणेश भट्ट, गणेश भण्डारी, हरी जोशी, रितिका गुरुङ, भवानी सिंह भण्डारी, गणेश भण्डारी, नृप बहादुर सुनार, अमृत बिसी, सुजन सापकोटा, भुवन भट्ट, ई.दिपेन्द्र भट्ट, क्षितिज भण्डारी, ई.रिसी कोईराला, शिबराज भण्डारी, चित्र राज भट्ट, गौरभ सिं बिष्ट, प्रेम दत्त बिष्ट, ड.देवराज पनेरु, मधुकर पाण्डेय, राजेश चौधरी, एन्जल चन्द, विनेश बम, केशव जोशी लगायत रहेका छन् ।

गणेश भण्डारीले संचालन गरेको कार्यक्रमा नेविसंघका युवा नेता देवराज ओझाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमा चौमालामा रहेको बिभिन्न युवा क्लबका पदाधिकारीहरु, खेलाडीहरु समाजसेवीहरुको उपस्थिती रहेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...