धनगढीमा भन्सार छलीका सामान बरामद

धनगढी- धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट करिब ७३ हजार मूल्य बराबरका अवैध सामान बरामद गरेको हो ।

भन्सार छलीका चिनी, साडी, पास्ता, चप्पल, साइकलको टायर, काजु, लगायतका सामानहरु प्रहरी गस्ती टोलीले शनिवार बेवारिसे अवस्थामा फेला पारेको बताइएको छ । प्रहरीले बरामद गरिएका सामान कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको बताएको छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.