दार्चुलाको शैल्यशिखरका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसहित ७ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारविरूद्ध मुद्दा दायर भएको छ ।

आयोगले शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, नगरपालिकाका सब-इन्जिनियर दिपक सिंह बिष्ट, शैल्यशिखर नगरपालिका पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Navadurga sun

प्रमुख प्रशासकीय अधिकृत विष्टले पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई कटिङ गर्दा खस्वभाविक रुमाप बढी मुल्यांकन नापी किताबमा चढाइ हस्ताक्षर गरेको अख्तियारको आरोप छ। उनीविरूद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (1)  बमोजिम रु.26, लाख, २ हजार ५५६ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

यस्तै नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेयले पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा अस्वभाविक रुपमा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाई हस्ताक्ष सहित सहमति जनाई निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई बढी लिएको अख्तियारको आरोप छ । उनीविरूद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (1) बमोजिम ११ लाख ३० हजार २७२ रुपैयाँ विगो दाबी गरेको छ ।

यस्तै नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंहले पनि पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा अस्वभाविक रुपमा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाई हस्ताक्षरसहित सहमति गरेको भन्‍दै अख्तउयार उनीविरूद्ध १४ लाख ७१ हजार २८३ रुपैयाँ विगो माग दाबी गरेको छ । यसैगरी नगरपालिकाका सब(इन्जिनियर दीपक सिंह विष्टविरूद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा  (1) को देहाय  (ङ) वमोजिम २६ लाख २ हजार ५५६ रुपैयाँ अख्तियारले विगो माग दाबी गरेको छ ।

त्यस्तै शैल्यशिखर नगरपालिका पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध अख्तियारले द्दट लाख द्द हजार छछट।ज्ञज्ञ पैसा विगो माग दाबी गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...