कैलाली र कञ्चनपुरबाट झन्डै दुई लाख रुपैयाँका भन्सार छलीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले करिब दुई लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।भीमदत्त नगरपालिका वडा नं. ४ र १० बाट भन्सार छली गरी ल्याइएका करिब १ लाख ७७ हजार रुपैयाँ बराबरको कोट पाइन्टको कपडा, चिनी, सलाई, तेल, साइकल लगायतका सामान प्रहरीले बरामद गरेको जनाएको छ।

मंगलवार साँझ गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ।

Navadurga sun

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका करिब १६ हजार रुपैयाँ बराबरको चिनी, चप्पल, डोरी, मिश्री लगायतका सामानहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...