धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ

धनगढी- धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट नाईट्राभेट १० ट्याब्लेट र पारासिटामोल १२ ट्याब्लेटसहित धनगढी–४ का १९ वर्षीय दिपेश चौधरीसहित तीन जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेलापारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...