क्यान्सर उपचारकालागि चितवन पुगेका दार्चुलाका ठगुन्ना दम्पती रकम अभावमा अलपत्र

आर्थीक अभाव भएपछी सहयोगकाे लागि अपिल

चितवन , १ असार– सुदुरपश्चिमको बिकट पहाडी जिल्ला दार्चुलाका एक दम्पती उपचारका लागि क्यान्सर अस्पताल भरतपुर पुगेर खर्च अभाबमा अलपत्र परेका छन् ।

Dadeldhura hospital

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ४ ओसिल बस्ने रमेश सिह ठगुन्ना दम्पती उपचारका क्रममा रकम सकिएपछी अस्पताल मै अलपत्र भएका हुन । ३ महिना अगाडी रमेश श्रीमती सिन्धु धामी ठगुन्नाको ठूलो आन्द्राको क्यान्सरको उपचारका लागी धनगढीबाट उपचारका लागि चितवन आएको र उपचारकै क्रममा रकम सकिएको तथा घरबाट समेत आर्थिक अवस्था जुटन नसकेकाले अलपत्र परेका हुन ।

Navadurga sun
Godawari sandesh

उपचारका लागि सुदुरपश्चिमका विभिन्न अस्पतालमा ठूलो रकम खर्च भएको र चितवनको ३ महिने उपचारमा गरि करिब ६ लाख रुपैया सकिएको उनले बताए । आफ्नो घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले अहिले उपचार गराउदा गराउदै भएको सबै घरजग्गा समेत बेचेर पनि उपचार सम्भव नदेखिएकोले उनले सबै सँग सहयोगको अपिल गरेका छ्न । उनले दैनिकजसो अस्पतालमा बिरामीलाई देखाउन पर्ने गरेको र आफुहरु अस्पताल अगाडी भाडामा कोठा लिएर बसेकाले खाद्यान्नको समेत अभाब भएकाले भोकै बस्नु पर्ने अवस्था सिर्जना भएको बताए ।

आर्थिक अभाब र लकडाउनका कारण न उपचार राम्रो सँग गर्न सकियो न घर फर्कन नै सकियो उनले दुखेसो पोख्दै सहयोगको आशा गरेका छ्न । सहयोग गर्न चाहानेले कलावती धामी ठगुन्ना दिदी फोन नम्बर ९८६८४४६५३६, रमेश ठगुन्ना ९८४८६५८८७० मा फोन गरि सम्पर्क गर्न सकिने समेत जनाइएको छ ।

Loading...