कोटेश्वरमा देउवा, दाहाल र नेपालबीच भेटवार्ता, तीन नेताबीच डेढ घण्टा वार्ता




काठमाडौं, ३१ जेठ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ ।



नेपाल निवास कोटेश्वरमा सोमबार साँझ तीन नेताबीच डेढ घण्टा वार्ता भएको हो । नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार भेट समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा केन्द्रित थियो । तीन नेतासहित भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए ।


बैठकले पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नेताहरुबीच तत्काल सबैलाई पुग्ने गरी कोरोना खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन सरकारसँग माग गर्ने सहमति पनि समेत भएको छ ।



