डोटीमा केही खुकुलो पार्दै निषेधाज्ञा थपियो (जारी ओदश सहित)

डोटी, ३१ जेठ- जिल्ला प्रशासन कार्यालय डोटीले बिगतको भन्दा केही खुकुलो गरी डोटी जिल्लामा असार १० गतेसम्म लकडाउन थप भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालले आदेश जारी गर्दै असार १० गते राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको बताए ।

Navadurga sun
Godawari sandesh

पछिल्ला दिनहरुमा जिल्लामा संक्रमणको दरमा केही मात्रामा कमी देखिएको भएपनि जोखिम कायमै रहेकोले निषेधाज्ञा लम्ब्याइएको आदेशमा उल्लेख गरिएको छ ।

Dadeldhura hospital

समुदायस्तरमा संक्रमणको दर न्यून गर्न निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी खनालले जनाएका छन् ।
निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाइएको छ । निषेधाज्ञा अवधिमा खाद्य सामग्रीका पसलहरु बिहान ६ बजेदेखि १० वजेसम्म र साँझ ४ वजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । होटेल, रेष्टुरा, चिया पसल, मदिरा पसल भने खोल्न नपाईने आदेशमा उल्लेख छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्था बिहान १० वजेदेखि दिउसो २ बजेसम्म चल्नेछन् । बित्तीय संस्था र सरकारी कर्मचारीहरुले परिचय पत्रका आधारमा आवत जावत गर्न पाईने भएको छ । दुई पांग्रे र चार पांग्रे नीजि सवारी साधनहरुलाई जिल्लाभित्र चल्न दिने आदेशमा उल्लेख छ ।

डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी निषेधाज्ञाकाे आदेश :

Loading...