

धनगढी- धनगढीमा भन्सार छलीका सामानसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ शहिदगेट नजिकबाट भन्सार छलीका सामानसहित घोडाघोडी नगरपालिका–१ का २७ वर्षीय प्रेम शाही पक्राउ परेका हुन् ।



उनलाई करिब एक लाख २० हजार मूल्य बराबरका टाउजर, टि–सर्ट, जुत्तासहित शुक्रवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


त्यस्तै, धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट भन्सार छलीका करिब १५ हजार ४३५ रुपैयाँ बराबरका चिनी, कुर्ती, धोती, साडी लगायतका सामान बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।