रास्वपाले तोक्यो सुदूरपश्चिमका जिल्लामा आफ्ना सांसदको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिमका जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्‍याउन लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको हो।

Dadeldhura hospital

बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

रास्वपाले विज्ञप्ति जारी गरी सांसद डोलप्रसाद अर्याललाई कञ्चनपुर र कैलाली, विराजभक्त श्रेष्ठलाई दार्चुला, अछाम, सन्तोष परियारलाई बाजुरा,मनिष झालाई बझाङ, गणेश पराजुलीलाई डडेलधुरा,डा. तोसिमा कार्कीलाई डोटी, र डा. स्वर्णिम वाग्लेलाई बैतडीको जिम्मेवारी तोकिएको जनाएको छ ।

‘नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरूसँग देशभरका सचेत नागरिकले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न,आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयनमार्फत मुलुकको अवस्था बदल्नका लागि सांसदहरूलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको ब्यहोरा सबैलाई विनम्र सूचित गर्दछौँ,’विज्ञप्तिमा भनिएको छ ।

Loading...