गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त (प्रेस विज्ञप्ति सहित)

काठमाडौँ, २९ जेठ- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त भएका छन्। प्रदेश प्रमुख सीतादेवी पौडेलले ३१ सांसदसहित दाबी प्रस्तुत गरेका नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

Dadeldhura hospital

कांग्रेस, माओवादी केन्द्र, जसपा, र जनमोर्चाका ३१ जना सांसदको हस्ताक्षरसहित उनले दाबी गरेपछि प्रदेश प्रमुख पौडेलले उनलाई मुख्यमन्त्री नियुक्त गरेकी छन्। उनलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयअघि धर्नामा बसेका बेला संविधानको धारा १६८ (५) अनुसार उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो।

Navadurga sun
Godawari sandesh

कांग्रेसको शितल निवासको नियती पोखरामा नदोहोर्याउन चेतावनी दिएको थियो। मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीले बहुमत सांसदको हस्ताक्षरसहित गरेको दाबीलाई विवादित बनाएर संघमा जस्तै संसद विघटन गर्ने तयारी गरिएको आशंका गर्दै कांग्रेसले त्यस्तो हर्कत फेरि नदोहोर्याउन चेतावनी समेत दिइएको हो।

 

Loading...