सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीमाथि मध्यरातमा सांघातिक आक्रमण

काठमाडौं, २९ जेठ– सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही सहित उनका टीम माथि सुर्खेतमा सांघातिक आक्रमण भएको छ । कोरोना महामारीका बेला अक्सिजन सिलेन्डर वितरण गर्दै सुर्खेत आउने क्रममा शाही माथि सांघातिक आक्रमणमा परेका हुन्।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

ज्ञानेन्द्र सहित उनका ड्राइभर टीमका अन्य व्यक्तिहरु माथि एमालेका कार्यकर्ताले फलामकाे रड र बाँसकाे भाँटाहरुले आक्रमण गरेका हुन् । अभियान्ता शाहीले प्रहरी, प्रशासनले सहयोग गर्नुको सट्टा उल्टो आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । शाहीले आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको बताएका छन् ।

नेकपा एमाले केपी शर्मा ओली निकटका कार्यकताले आक्रमण गरेको शाहीले बताएका छन् । आफू मकैबारीमा लुकेर ज्यान बचाउन सफल भएको बताएका छन् । उनले सुर्खेतको डिएसीले समेत असहयोग गरेको आरोप लगाए । प्रहरीलाई मेरा मान्छेहरुलाई मर्ने गरि घाइते बनाएको छ । अस्पताल सम्म भए पनि पुर्याइदिनु भनेर हारगुहार गर्दा समेत नाम के हो ? ठेगाना के हो ? भन्दै बसेको र सहयोग नगरेको आरोप लगाए ।

जसरी पनि हामीलाई मार्ने नियतका साथ गाडी चलाउँदा अघि बढ्ने क्रममा ढुंगा मुढा तेस्राएर अवरोध गरेको बताए । साथै प्रहरीकै अगाडि यी मान्छेहरुले हामी माथि आक्रमण गरेको हो भन्दा समेत उनीहरुलाई त्यहाँबाट भगाएको आरोप लगाएका छन् । मध्यरातीमा आक्रमण भएर लडिरहेका शाहीले अभियान्ता हेमराज थापा सहितको टोलीले उद्धार गरि प्रदेश अस्पतालमा भर्ना गरेका हुन् । प्रहरीले घटनामा संग्लग्न पाँच जनालाई समेत पक्राउ गरेको छ ।

Couple
Loading...