नक्कली फेसबुक प्रोफाइल बनाइ नाबालिगको चरित्रहत्या गरेको आरोपमा १ किशोर पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाइ चरित्रहत्या गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-४ बस्ने १८ वर्षीय किशोर रहेका प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा पीडित नाबालिकाको नाम र तस्बिर सहितको नक्कली प्रोफाइलबाट उनीहरुबीच भएको अनलाइन कुराकानी सम्पादन गरी, अश्लील तस्वीर भिडियोमा जोडी पीडितको आफन्तहरूलाई पठाई समाजमा बदनाम, बेइज्जत गरी चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा ती किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Navadurga sun

प्रारम्भिक अनुसन्धान र प्राविधिक विश्वलेषणबाट ती किशोरको संलग्नता रहेको खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा उनलाई कञ्चनपुरबाट पक्राउ गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...