प्रहरीको हतियार खोस्‍ने प्रयास गरेपछि लागुऔषध कारोबारीमाथि गोली प्रहार

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटनजिकै शम्भु मार्गमा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। प्रहरीको गोलीबाट लागुऔषध कारोबारी विकास भगत घाइते भएका छन्।

उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। भगतले लागुऔषध कारोबार गरिरहेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। नियन्त्रण लिने क्रममा उनले प्रहरीमाथि कुटपिट र हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो।

Navadurga sun

प्रहरी प्रवक्ता कुवेर कडायतले प्रहरीको हतियार खोस्न खोजेपछि गोली चलाइ भगवतलाई नियन्त्रणमा लिएको बताए। उनको साथबाट केही मात्रामा लागुऔषध बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कडायतले बताए। पक्राउ गर्न खोज्दा ती लागुऔषध कारोबारीले प्रहरीमाथि हातपातको प्रयास गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...