
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।





उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहेका पारिवारिक स्रोतले जानकारी दिएको छ ।




तिलोत्तमा नगरपालिका–९ स्थित निवासमै निधन भएका भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन्। रासस