नक्कली शरणार्थी प्रकरण : अभियुक्तविरुद्धको थुनछेक बहस आजदेखि

काठमाडौं- नक्कली भुटानी शरणार्थी मुद्दामा आज थुनछेक बहस सुरु हुँदैछ । पक्राउ परेका १८ जनाको बयान शुक्रबार सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रहेको मुद्दामा थुनछेक बहसपछि आरोपीलाई पुर्पक्षमा पठाउनेरनपठाउने टुंगो लाग्नेछ ।

Dadeldhura hospital

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको थियो । बाँकीसँग यसअघि नै बयान लिइएको थियो । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाही मागदाबीसहित १० जेठमा मुद्दा दायर गरिएको थियो ।

गत वर्षको १२ चैतमा तीन जनालाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अघि बढाएको शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पूर्व उपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परेका छन् । प्रकरणमा प्रतिवादी बनाइएका १२ जना भने अझै फरार छन् ।

 

 

Loading...