कैलालीमा भन्सार छली ल्याएका अबैध गहुँ बरामद

धनगढी- कैलालीमा भन्सार छली ल्याएका अबैध गहुँ बरामद गरिएको छ । सोमबार बिहान १०ः३० बजे कैलालीको कैलारी गाउँपालीका ४ भितरियाघाट अबैध रुपमा भन्सार छली ल्याएका गहुँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

कैलारी गाउँपालीका ४ भितरियाघाटबाट भारतबाट अबैध रुपमा भन्सार छली ल्याई मोहनपुरमा राखेको १७ कट्टा गहुँ बरामद गरिएको ईलाका प्रहरी कार्यालय हसुलिया जनाएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त गहुँसहित लखिमपुरखिरी ध्यानपुर ग्राम पंचायत भडारी भारतका ३० बर्षिय पप्पु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गहुँसहित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिईआवस्यक कार्वाहीकोलागी जिल्ला प्रहरी कार्यालय धनगढी कैलाली पठाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिहेको जनाएको छ ।

Loading...