भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

काठमाडौं- नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरूमाथिको अनुसन्धान प्रतिवेदन आज बुझाइँदैछ । जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेकामाथि गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।

Dadeldhura hospital

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।

Navadurga sun
Godawari sandesh

सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिना देखी जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ । हिजै बुझाउने भनिए पनि कागजातका अपुग भए पछि आज बुझाउन लागिएको हो ।

 

Loading...