भन्सार असुली सन्तोषजनक

महेन्द्रनगर– नेपालकै मुख्य नाकामध्येमा रहेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरले आर्थिक वर्ष २०७९र८० को नौ महिनामा लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ । ५८ करोड ९६ लाखको लक्ष्य तय भएकामा चैत मसान्तसम्म ३८ करोड रुपियाँ राजस्व सङ्कलन भएको हो । जुन चैत मसान्तसम्मको लक्ष्यमा ७० प्रतिशत हो ।

Ganyapdhura gau

चालु आर्थिक वर्षमा ७० देखि ७५ प्रतिशत मात्रै भन्सार असुली हुने कञ्चनपुर जिल्ला भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्रराज विश्वकर्माले बताए । भन्सार रकम चुहावट हुन नदिन आफैँ खटेर काम गर्दै आउनुभएका विश्वकर्मा भन्नुहुन्छ, “चुहावट हुन नदिन आफैँ पनि खट्ने गरेको छु, यस पटक लक्ष्यको ७० देखि ७५ प्रतिशत मात्रै राजस्व उठ्छ ।”

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

विदेशी विनिमय सञ्चय घटेपछि सरकारले यस आर्थिक वर्षमा केही सामान आयातमा रोक लगाएपछि देशभरिमै यसको असर परेको विश्वकर्माले बताए । “देशको विदेशी विनिमय सञ्चय घटेपछि सरकारले यस आवमा हरियो मटर, सुपारी, मरिच, ५० हजार डलरभन्दा माथिका गाडी, तीन सय डलरभन्दा माथिका मोबाइल, महँगो मदिरालगायतका केही सामान ल्याउन प्रतिबन्ध ग(यो त्यसले केही असर परेको छ,” विश्वकर्माले भने, “विदेशी विनिमय सञ्चिति माघबाट बढेपछि ती सामान किन्न पाइएको छ, भन्सार असुलीमा पनि सुधार आएको छ ।”

खुला सीमानाका भए पनि राजस्व सङ्कलनमा भने खासै चुहावट नभएको विश्वकर्माले बताए । “खुला सीमानाका भए पनि तस्करी हुन नपाएपछि सबै सामान भन्सार भएरै नेपाल भित्रिने गरेको छ,” विश्वकर्माले भन्नुभयो, “यसमा भन्सारको मात्र नभई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सम्बन्धित सबैको योगदान रहेको छ ।”

गत आर्थिक वर्ष २०७८र७९ मा ५२ करोड रुपियाँ लक्ष्य रहेकामा ४६ करोड रुपियाँ अर्थात् ८९ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । सीमा क्षेत्रमा प्रहरी कडा भएर लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए । उनले भने, “दिनहुँ लाखौँको अवैध सामान बरामद गरेर भन्सार पठाउने गरेका छौँ, खुला सिमाना भए पनि तस्करी रोकिएको छ ।”

यसै गरेर सशस्त्र प्रहरी बलले पनि तस्करीको सामान बढीजसो कञ्चनपुरको दक्षिणी क्षेत्र तथा दोधारा चाँदनीलगायतका खुला सिमानाबाट बरामद गरेर भन्सार बुझाउने गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । “सीमामा गस्ती बढाएका छौँ, बढीजसो खुला सीमानाकाबाट तस्करी हुने गरेको छ, यसलाई नियन्त्रण गर्न कडाइ गरेका छौँ,” सशस्त्र प्रहरी बल नं. ३५ शैलेश्वरी गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले भने, “हामीले राजस्व चुहावट रोक्ने हो, तस्करी नियन्त्रण गर्ने हो, बरामद गरिएका सामान भन्सार बुझाउने हो, त्यसलाई राजस्वमा बदल्ने जिम्मा भन्सार कार्यालयको हो, उसले समयमा लिलामी गरेर राजस्व बाँध्नु पर्छ ।” “हामीले यस आर्थिक वर्षमै दुई करोड रुपियाँ हाराहारीको सामान बरामद गरेर भन्सार बुझाएका छौँ,” उनले भने।

 

Couple
Loading...