कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-१८ सालघारी क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका हुन्। बिहीबार ३ ग्राम खैरो हेरोइन सहित सालघारी बस्ने कमलेश गिरी र पंकच चन्द पक्राउ परेका हुन्।

उनीहरूको साथबाट ३२ हजार नेपाली रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार उनीहरूको साथबाट पटाका पनि बरामद गरिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...