

धनगढी- धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सारबाट लागूऔषधसहित हसनपुरका ३९ वर्षीय योगेश भण्डारी पक्राउ परेका हुन्।



जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट ३ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट एक ट्याब्लेट बरामद गरेको हो।


भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।





