बोका चोरीको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित जमुनाटोलमा बोका चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बोका चोरी आरोपमा गोदावरी नगरपालिका – १० का नविन ताम्राकार र हरिश चुनारालाई पक्राउ गरिएको हो ।

Dadeldhura hospital

गुलरियाबाट खटिएको प्रहरी टोलीले बोकासहित उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गुलरियाका बरिष्ठ नायव निरीक्षक जीवन गुरुङले बताए। उनका अनुसार बोका र दुबै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाइएको छ।

Navadurga sun
Godawari sandesh

गत महिना प्रतिमा चौधरी र बैशाख ३ गते निर्मला नाथको बाख्रा चोरी भएको थियो। शनिबार चोरी भएको बाख्रा कृष्णपुर नगरपालिका–५ की रामपति चौधरीको रहेको छ। तीनै जनाले उनीहरुबिरुद्ध प्रहरीमा उजुरी दिएका छन्।

 

 

Loading...