धनगढी- धनगढी स्थीत ऐश्वर्य बहुमुखी क्याम्पसको सडक खण्डमा जेब्रा क्रसिङ निर्माण गरीएको छ । आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले क्याम्पसको स्वतन्त्र विधार्थी युनीयनसंगको सहकार्यमा जेब्रा क्रसिङ निर्माण गरेको हो ।
पैदल यात्रुलाई बाटो काट्न सहज होस भन्ने उदेश्यले उक्त सडक खण्डको २ स्थानमा जेब्रा क्रसिङ निर्माण गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
