“हाम्रो गोदावरी हाम्रो अभियान” मा सहयाेग गर्ने सम्पूर्णमा फेसबुक पेज मार्फत धन्यवाद ज्ञापन गर्याे

खर्चकाे सार्वजनिक समेत गर्याे

सम्पुर्णमा नमस्कार हजुर हरुकाे हरपल स्वर्णिम बनाेस,


“हाम्रो गोदावरी हाम्रो अभियान” विश्व महामारी कोभिड -१९ काे दाेसाे चरणमा स्थापना भएकाे जसमा हामी १३ जना युवा मिलेर पहिलाे पाईला मात्र सारेका हाैं बाँकि सबै हजुरहरुले गर्नु भएकाे हाे । त्यसकाे कारण गाेदावरी नगरपालिका भित्र कसैको ज्यान जोखिममा नपरोस अथवा भयाबहकाे स्थिति भएमा हामिले केही मलम लगाउने काेशिस गर्नु पर्छ, हाम्राे समाज हामिले पनि आफ्नाे उत्तरदायित्व नि पूरा गर्नु पर्छ किनकाे यहि समाज भएर त हामि भएका हाैं। तसर्थ काेभिड-१९ लाई कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यले अक्सिजन काे अभाव देखेर हाम्राे नगरपालिका भित्र रहेकाे ३ जना MBBS डाक्टर काे दरबन्दि भएकाे एक मात्र ठुलाे सरकारि अस्पताल मालाखेती अस्पताल मा बुझ्दा १६ बेड काेभिड लाई छुट्टाएकाे तर अक्सिजन अभाव ले गर्दा ९ जना लाई पनि अक्सिजन पुर्याउन गार्हाे भएकाे छ बिरामि काे संख्या दिन प्रति दिन बढदै गएकाे धेरै गार्हाे हुनसक्छ भन्ने लागेर धेरै ब्यक्तित्व ,समाजसेवि ,डाक्टर ,हस्पिटल हरुमा बुझ्दा oxygen कन्सेट्रेटर अहिले काे लागि सहज र अल्लि छिटाे आपुर्ति गर्न सकिन्छ भन्ने छलफल पछि १०थान अक्सिजन कनसन्ट्रेटर मालाखेति अस्पतालका लागि हस्तान्तरण गर्न यस अभियान शुरु गरेका हाैं ।

Navadurga sun

जेस्ठ २ गते अभियान सुरु गर्दा अक्सिजन कन्सन्ट्रेटर काे खाेजिमा लाग्याैं हामी समाज बाट पैसा उठाई रहेका थियाैं तसर्थ मूल्य ,सहज उपलब्धता,गुणस्तरीयता ,भराेसा काे खाेजि मा थियाैं हामी , कसै संग रेट नमिल्ने कसैसंग समान १५-२० दिनमा दिन्छु भन्ने कुरा आयाे र साझ पख तिर हामी ले मूल्य राखेकाे भित्र नै दिन सक्छु भन्ने कुरा भई धनगढि का ब्यापारि समाजसेबि मार्फत पैसा पठायाैं पहिलाे चरण मा ५ वटा अक्सिजन कन्सन्ट्रेटर काे लागि अलिकति अभियान बाट र हामि ले आफ्नाेबाट थप गरेर एडभान्स स्वरुप ४०००००/- रकम पठायाैं । उता बाट १० दिनमा हामी लाई उपलब्ध गराउछाैं भन्ने वचन पायाैं ।१० दिनमा समान त आयाे एयरपाेर्ट भन्सार मा बुधबार, आज समान निक्लन्छ भन्ने खबर पाएपछि बेलुका ५-६बजे हिडछाै भनेकाे ५ बजे तिर सर आज नहुने भयाे भाेलि मात्र हुन्छ भन्नू भयाे तसर्थ हामि बिहिबार धादिङको काे मात्र पास (२ दिन काे) पाएर हिडयाैं यहाँ बाट फेरि धादिङ पुग्न लाग्दा शुक्रबार हुन्छ भन्नू भयाे त्याे दिन भन्सार भएकाे कागज नि आयाे तर बढि चाप ले गर्दा समान बाहिर आउन सकेन तसर्थ अन्तत आईतबार त्यहाबाट समान लिएर यता आयाैं । हामिले उसलाई दाेषि देखाउन खाेजेका मात्र हाइनाैं …. हामी र संयाेजक काे नाता ले १० दिन भित्र यहाँ ल्याउन सकेनाै त्यसका लागि क्षमा प्राथि छाैं ।
हजुर हरु काे माया भराेसा प्रती हामि कृतज्ञ छाैं । हजुरहरुले यस विषम परिस्थितिमा पनि आफ्नाे पेट काटेर आफ्नाे क्षमता नहुदा नहुदै पनि तिमि हरुले गर्नु पर्छ भन्दै हाैसला दिन गाेदावरि बासि लगायत सम्पुर्णले सहज छिटाे अक्सिजन प्राप्त गरून् भन्ने उद्देश्यले यस अभियानमा हामिलाई साेचे भन्दा छिटाे गन्तव्य तिर पुर्याउनु भयाे।
अन्तत मङगलबार हामिले गाेदावरी नगर प्रमुख तथा मालाखेति अस्पताल का अध्यक्ष श्री हरि सि साउँद ज्यु , अस्पताल का नि. कार्यालय प्रमुख, स्वास्थ्य शाखा प्रमुख, पत्रकार माझ २ जनालाई संगै प्रयाेग गर्न मिल्ने २ थान तथा सिगंल प्रयाेग गर्ने ३ थान जम्मा ५ थान अक्सिजन कनसन्ट्रेटर मालाखेति अस्पताल लाई हस्तान्तरण गर्याैं। अझै ३ वटा कनसन्ट्रेटर आउन बाँकि छ । अस्पताल मा बुझ्दा ६ वटा पहिला आएकाे छ अब कनसन्ट्रेटर भन्दा अरु ब्यबस्थापन गर्दा राम्राे हुन्छ भन्ने जानकारि पायाैं ।
हाम्राे अभियान मा २०७८/०२/१८ गते सम्म २६८६२५८/०५रुपैया उठेकाे छ जस्मा अक्सिजन कनसन्ट्रेटर खरिद ५५६०००/- कटाएर हामी संग २१३०२५८/०५ रुपैया बचेकाे छ । यसमा हामिले कुनै पनि शीर्षक यातायात, स्टेसनरि, पेन्टिङ्ग, आदि खर्च समाबेस गरेका छैनाै र गर्दैनौं पनि । हामी केहि समाज काे लागि गर्न आएकाे समाजसेवा अर्थात संस्थामा सेवा गर्छु भनेपछि हामिले पनि यस मा लाग्ने ब्यबस्थापन खर्च थप टिमले नै भाग लगाई अझै स्वयंम् ब्यबस्थापन गर्नु पर्छ भनेर हामी टिमले नै गरेका छाैं । समाज काे पैसा निश्चित लक्ष्य मा मात्र लागाेस बाहिरि ब्यबस्था हामिले स्वयम् मिलाउनु पर्छ भनी हाम्राे टिम प्रतिबद्ध छाैं । अझ थप आएकाे रकम यसमा नै सार्वजनिक गर्नेछाैं ।

हाम्राे यस अभियान बाट रकम बचेकाे छ हामी ले छलफल गरि ,यस रकम लाई गाेदावरि नगरपालिका संग मालाखेति अस्पताल मा ICU निर्माण तथा ब्यबस्थापन का लागि बाताबरण मिलाई दिन १ पटक बसि छलफल नि गरेका थियाैं । त्यस पछि काे भेटमा हामी त्यस तर्फ लागिरहेका छाै भन्ने जानकारि पनि प्राप्त भएकाे थियाे । अझै आधिकारिक रुपमा पनि हस्तान्तरण काे दिन ICU निर्माण काे लागि अनुराेध पत्र दिएका छाै उहाँ हरु पनि सकारात्मक रुपमा लाग्नु भएकाे छ ।अस्पताल मा ब्यबस्थापन भएर चालू गर्न सक्ने हुने अबस्था बन्याे भने यस अभियान बाट २ बेड ICU संचालन काे समान उपलब्ध गराउने बाचा गरेका छाैं । अहिले यस अभियान बाट उठेकाे रकम बाट स्वास्थ्य क्षेत्रमा नै ठाेस कार्य मात्र गर्ने साेच बनाएका छाैं । एउटा संस्था ले यदि समय मा हामिले ICU संचालान गर्न सक्याैं भने ३०-७० काे सहभागिता मा २ बेड ICU सेट अप दिन्छाैं भन्नुभएकाे छ । यस महान अभियानमा सम्पुर्ण मनकारी मनहरु स्वदेश, बिदेश, वा कसै संग कुरा सेयर गरिदिएर अघि आई सहयाेग गरि समाज बचाउने यस अभियान मा लाग्नु हुने हजुरहरुमा हाम्रो टिम काे तर्फ बाट आभार तथा धन्यवाद ज्ञापन गर्दछाैं।
(हामी इमान्दार रुपमा काम गर्न लागेका छाै गर्दा गर्दै केही भएमा हामिलाई फाेन गरि वा यस पेजकाे मेसेज बक्समा लेखेर गुनासा वा उपाय सिकाई दिनु हाेला ।)
धन्यबाद ।

ADD Khali jpg
ADD Khali jpg
Loading...