कैलालीमा एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु

धनगढी- कैलालीमा एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका बोराडाँडीमा बिहीवार साँझ दुर्घटनामा घाइते भएका प्रहरी सहायक हल्दार जनकराज धामीको मृत्यु भएको हो।

Dadeldhura hospital

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार उनी बिहीवार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए। उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिएको हो।

godawari10 Mahila hinsa
Navadurga sun

उनको शनिवार राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले बताएको छ।

Loading...