उपनिर्वाचनमा उम्मेदवारले हेलिकोप्टरको प्रयोग गर्न नपाउने

काठमाडौं- यही वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारले हेलिकोप्टरको प्रयोग गर्न नपाउने भएका छन्। आयोगले मंगलबार विज्ञप्ति जारी गरेर उपनिर्वाचन हुने बारा, चितवन र तनहुँमा निर्वाचन आचारसंहिता बमोजिम प्रचारप्रसार गर्ने अवधि पर्याप्त रहेको साथै यातायातको सहज पहुँच समेत रहेकाले हेलिकोप्टर प्रयोग गरेर प्रचारप्रसार गर्न नपाइने जनाएको ‍हो।

Dadeldhura hospital

आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारका लागि हेलिकोप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्त समेतको प्रतिकूल हुन जाने बताए।

Navadurga sun
Godawari sandesh

निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी निकाय तथा निजी हेलिकोप्टर सेवा प्रदायकलाई आयोगको सहमति बिना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकोप्टर सेवा उपलब्ध नगराउन अनुरोध गरेको छ।

 

Loading...