

धनगढी– कैलालीको धनगढीमा लागुऔषध सहित चार जना युवा पक्राउ परेका छन् । धनगढीका विभिन्न स्थानबाट लागुऔषध सहित चार जना युवा पक्राउ परेका हुन् ।



धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट २ सय मिलिग्राम लागूऔषध सहित दुई जना शनिबार साँझ पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनगढी-२ का ४० वर्षीय ओम अधिकारी र सोही स्थानका २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित दुबै जनालाई पक्राउ गरेको हो ।


त्यस्तै धनगढी उपमहानगरपालिका-७ मनेहराबाट लागूऔषध सहित थप दुई जना पक्राउ परेका छन् । २ सय ६० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले धनगढी-७ का १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका-४ का २० वर्षीय असिम सागर चौधरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध सहित पक्राउ गरेको जनाएको छ ।
धनगढीका विभिन्न स्थानबाट पछिल्लो समय लागुऔषध ओसापसार, विक्रीवितरण सेवनमा संकग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । लागुऔषधको जालो सहर हुँदै गाउँसम्मै फैलिएपछि यस कार्यमा संलग्नहरु दैनिक रुपमा पक्राउ पर्न थालेको कैलाली प्रहरीले जनाएको छ । लागुऔषध सेवनकर्ता गाउँगाउँमा रहेको स्थानीयले बताएका छन् ।





