कैलालीमा केही खुकुलो बनाएर पुनः निषेधाज्ञा जेठ मसान्तसम्म लम्बियो (जारी आदेश सहित)

धनगढी, २० जेठ- कैलालीमा जारी निषेधाज्ञा पुनः जेठ मसान्तसम्मका लागि लम्बिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि थप्दै आएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको हो ।

जिल्लामा कोभिड संक्रमणदर धेरै नघटेको भन्दै बैशाख ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निणर्य भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सूचना अधिकारी जोशीका अनुसार सबै बैंक तथा वित्तीय संस्थाहरु बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म मात्र बढीमा ५० प्रतिशत मात्र कर्मचारी राखी जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने छ ।

त्यसैगरी तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर मात्र प्रत्येक आइतबार, मंगलबार, विहीबार र शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म मात्र खुला गर्न पाउने निणर्य भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश :

Loading...