

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर अकाउन्ट ह्याक भएको छ। कार्यालयको आधिकारिक पीएमओ अन्डरस्कोर नेपाल अन्डरस्कोर (@PM_nepal_) ह्याक भएको हो।



उक्त ह्यान्डलबाट विभिन्न असान्दर्भिक विषयवस्तुबारे ट्विट र रिट्विट गरिएको छ। प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट असान्दर्भिक विषयवस्तुमा ट्विट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले अध्ययन सुरु गरेको छ।


आधिकारिक ट्विटर एकाउन्टमा समस्या आएपछि प्राविधिक टोलीले अनुसन्धान थालेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ।