आज अपराह्नतिर मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने

काठमाडौ- आज (बिहिबार) पहाडी भू-भागका केही स्थान तथा तराईका एक/दुई ठाउँमा अपराह्न तिर मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बझ राति देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

Dadeldhura hospital

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । भोलि (शुक्रबार) आंशिकदेखि सामान्य बदली भइ पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Navadurga sun
Godawari sandesh

राति पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना हुनेछ ।शनिबार देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Loading...