

बारा- देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई आफ्नै क्वाटरमा थुनेर निजी चालक फरार भएका छन् । कलैया उपमहानगरपालिका–४ स्थित रहेको क्वाटर भित्र सपरिवार बस्दै आउनु भएका उनीलाई मङ्गलवार बिहान ८ बजे ढोका खोल्दा बाहिरबाट ताला लगाइएको थियो ।



उक्त ताला लगाएको बारे छिमेकीलाई जानकारी गराउँदा क्वाटरको मूल ढोका र भित्री फ्ल्याटमासमेत अलगअलग दुई वटा ताल्चा लगाइएको प्रमुख प्रशासकीय अधिकृत पालले जानकारी दिए ।


यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराई आफू नजिक रहेका कर्मचारीसँग सोधपुछ गर्दा आफूले चढ्ने पालिकाको चालक महेन्द्र सहनीले ढोकामा ताल्चा लगाएको स्वीकार गरेको उनले बताए ।
किन आफ्नै ड्राइभरले ताला लगाएको भन्ने विस्तृत जानकारी नआएको र यस बारे बुझ्ने र दोषीलाई कारबाही गर्ने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।