ओझेलमा रानाथारु समुदायको होली

दोधारा चाँदनी– कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारु समुदायको होली ओझेलमा परेको छ । अन्य समुदायको होली पर्व भन्दा पृथक तरिकाले मनाइने सो समुदायको होली ३८ दिनसम्म मनाइन्छ । माघ पूर्णिमादेखि सुरुआत सो होली दुई चरणमा मनाइने गरिन्छ । पहिलो चरण अन्तर्गत माघपूर्णिमादेखि फागुन पूर्णिमासम्म जीउँदो होली मनाइन्छ । यसपछिको आठ दिनको समय मृत होली मनाउने प्रचलन रहेको छ ।

फागुपूर्णिमापछि सो समुदायमा होलीको निकै रौनक छाउँने गर्दछ । गाउँभरिका महिला पुरुष वृद्धदेखि बालकसम्म सबैजना रातदिन होली खेल्छन् । माघ महिनाको पूर्णिमाको दिन होलीको प्रतीक पुतला स्थापना गरी होलीको सुरुआत गरिन्छ । माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली र फागुन पूर्णिमापछि आठ दिनसम्म मृत होली खेल्ले परम्परा रहेपनि पछिल्ला वर्षमा होली खेलिने समय छोट्टिदै गएको राना समुदायका अगुवा बताउँछन ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का साहेब रानाले होली खेल्ले समय छोट्टिदै गएको बताए। ‘परम्परा अनुसार यो समयमा हाम्रो समुदायमा होलीको रौनक हुनुपर्ने हो ।’ उनले भने–’३८ दिनसम्म लगातार दुई चरणमा खेलिने होली अन्य समुदायको जस्तै तीन-चार दिनमा समिति हुने गरेको छ ।’ उनले पछिल्लो पुस्ताले अन्य समुदायको सिको गर्दै दुई-तीन दिनमात्रै होली खेलिने गरेको बताए ।

‘पहिला रातभर पनि महिना दिनसम्म होली खेलिन्थ्यो अहिले त्यो रौनक देखिदैन ।’ उनले भने ‘हिले त होली गाउने मान्छे पाउनै मुस्किल छ ।’ माघ पूर्णिमाका दिन गाउँका दाजुभाइ गुइँठा, काठ दाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन् । गाउँको चौकीदारले घर घरबाट ल्याएको पूजा सामग्रीसहित यसरी होली राख्ने परम्परागत चलनलाई रानाथारु भाषामा ‘होरी धरन’ भनिन्छ । यसको उद्देश्य होलीलाई मथुराबाट आफ्नो गाउँसम्म बोलाउने वा निमन्त्रणा गर्ने हो भन्ने जनविश्वास रहेको सो समुदायका जानकारहरू बताउँछन ।

Dadeldhura hospital

यसरी होलीको प्रतीक स्थापना गर्ने क्रममा र गरिसकेपछि उपस्थित सबै मिलेर ढोल बजाउने, गीत गाउँदै नाच्ने प्रचलन रहिआएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनाका धनबहादुर रानाले होली पर्वको समय छोटिँदै गएपनि युवापुस्ता संस्कृति संरक्षणमा लागेको बताए ।

‘परम्परा अनुसार माघ पूर्णिमादेखि हरेक दिन बेलुकी खाना खाएर फागुपूर्णमासम्म जिउँदो होली र त्यसपछिका आठ दिन मृत होली खेल्छौँ ।’ उनले भने’हामी युवा हाम्रा परम्पराको संस्कृति संरक्षणमा लागेका छौँ ।’ उनले युवा पढाइ र रोजगारीका लागि अन्यत्र रहेको र बुढापाकाले होली खेल्न नसक्दा होली पर्वको समय छोटिएको बताए ।

सो समुदायले होली पर्वमा सु-स्वास्थ्य र लामो आयुका लागि आर्शीवाद माग्ने चलन रहेको भीमदत्त-१४ का वसन्ती रानाले बताए। ‘पहिलाको जस्तो रौनक अहिले हुँदैन विस्तारै कम हुँदै गएको छ ।’ उनले भने–’पहिला हामी हाम्रो परम्परागत पहिरन लगाएर होली पर्व महिनौँ खेल्थ्यौँ अहिले त्यस्तो रौनक छैन ।’

महिलाहरूले घगरिया, अङिया, फतुई (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने प्रचलन छ । पछिल्लो समय डिस्को डिजेमा मात्रै सीमित हुने र होली खेल्ने समय पनि छोटिँदै गएकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् । सो समुदायका जानकारका अनुसार हिरण्यकश्यपले विष्णु भगवानका भक्त आफ्नो छोरा प्रल्हादलाई अग्निमा नजल्ने बरदान पाएकी आफ्नी बहिनी होलिकासँग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए ।

प्रल्हादले पनि आफ्नो बुबाको कुरा नकाटी फुपू होलिकाको काखमा बसे । जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर राख भइन् भने प्रल्हादलाई अग्निले केही गर्न सकेन । यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर होली पर्व मनाउन सुरुआत भएको जनाइएको छ । रासस

 

Loading...