विमान दुर्घटना : अत्यधिक जलेका कारण १४ शव पहिचान हुन बाँकी

काठमाडौं– पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ। काठमाडौं ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए।

Dadeldhura hospital

उनका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो। ‘ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ,’ उनले भने, ‘आइतबार साँझसम्म पनि हामी शव पहिचान गर्ने कोसिस गर्दछौँ।’

godawari10 Mahila hinsa
Navadurga sun

उनका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने छ। नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डिएनए परीक्षण गरिने विभागका प्रमुख डा चौधरीले बताए। डीएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने उनले जानकारी दिए।

फरेन्सिक जाँचका लागि काठमाडौं ४८ शव ल्याइएको थियो। यस्तै पोखरामा २२ जना फरेन्सिक जाँच गरिएको छ। यही माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो।

 

Loading...