शुक्लाफाँटामा प्राविधिक शिक्षाको सफलता: विद्यार्थी आकर्षण बढ्दो

कञ्चनपुर- “पढेपछि के गर्ने?” भन्ने अन्यौल हटाउँदै रोजगारीसँग प्रत्यक्ष जोडिएको प्राविधिक शिक्षाले राष्ट्रिय माध्यमिक विद्यालयलाई विद्यार्थीको रोजाइको केन्द्र बनाएको छ।

देशका धेरै विद्यालयमा प्राविधिक धारमा विद्यार्थी अभाव देखिँदा यस विद्यालयमा भने बालिविज्ञान (प्रि–डिप्लोमा/जेटिए) अध्ययनप्रति आकर्षण बढ्दो छ। आधुनिक कृषिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमले एक दशकमै उल्लेखनीय नतिजा दिएको छ। कञ्चनपुर, कैलालीका साथै डडेल्धुरा र बैतडीबाट समेत विद्यार्थी यहाँ अध्ययनका लागि आउने गरेका छन्। चालु शैक्षिक सत्रमा ४० सिटमध्ये २६ विद्यार्थी अध्ययनरत छन्, जसमा छात्राको सङ्ख्या बढी छ।

Navadurga sun

विद्यालयका प्रधानाध्यापक धनसिंह महराका अनुसार प्रयोगात्मक शिक्षामा जोड र रोजगारीको सुनिश्चितताले विद्यार्थी आकर्षित भएका हुन्। विद्यालयमा सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा सञ्चालन गरिँदै आएको छ। कृषि प्रयोगशाला, पर्याप्त जमिन र आधुनिक उपकरणमार्फत विद्यार्थीलाई खेतमै लगेर सिकाइने व्यवस्था गरिएको छ।

शिक्षक अभिषेक चन्दका अनुसार विद्यार्थीलाई परम्परागत र आधुनिक खेतीबीचको अन्तर प्रत्यक्ष देखाइन्छ, जसले उत्पादन वृद्धि र नयाँ प्रविधिको प्रयोगमा प्रेरणा दिन्छ। विद्यालयले ‘सिक्दै कमाउँदै’ अवधारणाअनुसार विद्यार्थीले उत्पादन गरेको तरकारी र माछा बिक्रीबाट आम्दानी गर्ने अवसरसमेत प्रदान गरेको छ।

पावर टिलर, मिनी टिलर, मल्चिङ प्रविधि र प्लास्टिक टनेलजस्ता आधुनिक कृषि उपकरणको प्रयोगमार्फत व्यावहारिक ज्ञान दिइँदै आएको छ। साथै उत्पादनको भण्डारण र बजार व्यवस्थापनबारे पनि सिकाइन्छ।

टाढाबाट आउने विद्यार्थीका लागि निःशुल्क छात्रावासको व्यवस्था गरिएको छ। विगत एक दशकमा करिब १५० भन्दा बढी विद्यार्थी यस विषयमा उत्तीर्ण भइसकेका छन्, जसमध्ये अधिकांश स्वरोजगारमा लागेका छन् भने केही सरकारी सेवामा प्रवेश गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...