विमान दुर्घटना : पहिचान भएका शव आज आफन्तको जिम्मा लगाइने

काठमाडौं- पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।पहिचान भएका शव आवश्यक प्रक्रिया पूरा गरेर आज आफन्तलाई जिम्मा लगाइने भएको हो ।

पहिचान भएका शवहरू बिहान ९ बजेदेखि प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने तयारी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको उनले बताए । दुर्घटना भएको यती एयरलाइन्सको जहाजमा चालक दलका चार सदस्यसहित ७२ जना थिए ।

६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । केही शव दुर्घटनास्थलबाट निकाल्न कठिनाइका भएको छ भने केही फेला परेका छैनन् । आज पनि उद्धारको काम जारी छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.