धनगढी- कैलालीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका – ९ भैशीघाट स्थित सीमा क्षेत्रमा नेपालबाट भारततर्फ जादै गरेको अवस्थामा लागुऔषध चरेशसहित २६ वर्षीय अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका ८ घर भएका चौधरीले चलाएको म १ प ६८४४ नम्बरको मोटरसाइकल चेकजाँच उनको साथमा ७ ग्राम ६८० मिलिग्रम चरेश बरामद गरिएको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । मोटरसाइकलमा सवार अर्का २३ वर्षीय डेविट चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
